रास्वपा उदयपुरको प्रथम जिल्ला अधिवेशन : अधिकांश पदमा एकै पक्षको क्लिन स्विप

गाईघाट, उदयपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनमा अधिकांश पदमा एकै समूहका उम्मेदवार विजयी हुँदै ‘क्लिन स्विप’ गरेका छन् भने क्षेत्र नं. १ को सभापतिमा उद्धव अधिकारी विजयी हुँदै अपवाद बनेका छन्।

जिल्ला सभापतिमा चित्रकुमार कार्की ११३ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी जनक बस्नेतले ८१ मत प्राप्त गरे। उपसभापतिमा किरण राउत १०१ मतसहित विजयी हुँदा कृष्णकुमारी घिमिरे श्रेष्ठले ८५ मत प्राप्त गरिन्।

सचिव पदमा सूर्यबहादुर लामा ९६ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी भुवन खतिवडाले ७५ तथा जनार्दन कार्कीले २० मत प्राप्त गरे। सहसचिवमा सूर्यकुमार राई १११ मतसहित विजयी भए भने हुकुममणि पाण्डेले ८२ मत प्राप्त गरे।

जिल्ला सदस्यतर्फ अम्बरबहादुर तामाङ (१००), कौसिला कार्की (१३८), गुरुदेव कार्की (९५) र हेमकुमारी चौधरी (९४) निर्वाचित भए। तेजमान बिक निर्विरोध सदस्य चयन भएका छन्।

क्षेत्र नं. १ को सभापतिमा उद्धव अधिकारी ५९ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी श्यामकुमार कार्कीले ५५ मत प्राप्त गरे। क्षेत्र नं. १ ‘ख’ का दुवै उपसभापति पदमा बासु थापा र पवन कार्की निर्विरोध निर्वाचित भए भने झरना गहतराज क्षेत्रीय सदस्यमा निर्विरोध चयन भइन्।

त्यसैगरी क्षेत्र नं. २ को सभापतिमा सामर्थ थापा ५५ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी मीनबहादुर खड्काले १७ मत प्राप्त गरे। उपसभापतिमा दिनेश कार्की ५० मतसहित निर्वाचित हुँदा पूर्णकुमारी राउतले २३ मत प्राप्त गरिन्।

अधिवेशनको परिणामले अधिकांश पदमा एउटै समूहको स्पष्ट प्रभाव देखिएको छ। क्षेत्र नं. १ को सभापति पदमा उद्धव अधिकारीको जितबाहेक अन्य प्रमुख पदहरूमा सोही समूहका उम्मेदवारहरूले विजय हासिल गर्दै अधिवेशनमा ‘क्लिन स्विप’ गरका छन्।

 

रास्वपा उदयपुर अधिवेशन, सभापतिमा कार्की र बस्नेतबीच प्रतिस्पर्धा

उदयपुर, जेठ २५ – प्रतिनिधि छनोट र मतदान अधिकारसम्बन्धी विवादका कारण स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशन पुनः निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ। आइतबारको विवादपछि सम्पूर्ण निर्वाचन कार्यतालिका रद्द गरिएको अधिवेशन सोमबार नयाँ कार्यतालिकासहित उम्मेदवारी दर्ताबाट अघि बढाइएको हो।

जिल्ला नेतृत्व चयनका लागि सभापति पदमा चित्रकुमार कार्की र जनक बस्नेतबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। प्रारम्भिक चरणमा उम्मेदवारी दिएका ध्रुवप्रसाद पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि सभापतिको प्रतिस्पर्धा दुई जनामा सीमित भएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका संयोजक नारायण घिमिरेका अनुसार उपसभापति पदमा किरण राउत र कृष्णकुमारी घिमिरे श्रेष्ठ चुनावी मैदानमा छन्। सचिव पदका लागि जनार्दनकुमार कार्की, भुवन खतिवडा र सूर्यबहादुर तामाङ प्रतिस्पर्धामा उत्रिएका छन् भने सहसचिव पदमा सूर्यकुमार राई र हुकुममणि पाण्डेबीच चुनावी भिडन्त हुने भएको छ।

त्यस्तै पाँच सदस्यीय जिल्ला सदस्य पदका लागि अमरबहादुर तामाङ, कौशिला कार्की, गुरुदेव कार्की, तेजमान विश्वकर्मा, पवित्र भट्टराई, बब्लुकुमार गुप्ता, शशिला थापा, सुनिताकुमारी चौधरी र हेमकुमारी चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

यसअघि आइतबार उद्घाटन सत्र सम्पन्न भएलगत्तै प्रतिनिधिको वैधता र मतदान अधिकारको विषयलाई लिएर विवाद चर्किएको थियो। केही प्रतिनिधिले नेतृत्व चयन प्रक्रियामा बाह्य हस्तक्षेप भएको आरोप लगाउँदै निष्पक्ष र पारदर्शी निर्वाचनको माग गरेपछि अधिवेशनस्थल तनावग्रस्त बनेको थियो। विवादका क्रममा नाराबाजीसमेत भएको थियो।

विवाद उत्कर्षमा पुगेपछि निर्वाचन समितिले आइतबारको सम्पूर्ण निर्वाचन कार्यतालिका रद्द गर्दै पुनः मनोनयनमार्फत निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। त्यससँगै अघिल्लो दिन दर्ता भएका सबै उम्मेदवारी स्वतः खारेज भएका थिए।

संयोजक घिमिरेका अनुसार प्रारम्भिक चरणमा करिब ४ सय प्रतिनिधि तथा मतदाता समावेश गरिएकाले विवाद सिर्जना भएको थियो। अहिले भने प्रतिनिधिको संख्या घटाएर २५० मा सीमित गरिएको छ।

रास्वपाले उदयपुरमा पहिलो पटक जिल्ला अधिवेशनमार्फत निर्वाचित नेतृत्व चयन गर्न लागेको हो। आन्तरिक विवादका कारण केही समय अन्योलमा परेको अधिवेशन पुनः निर्वाचन प्रक्रियामा फर्किएसँगै जिल्लाभित्र नेतृत्व प्रतिस्पर्धा थप रोचक बनेको छ।

निर्वाचन समितिका अनुसार आवश्यक तयारी लगभग पूरा भइसकेको छ भने सोमबार साँझ ७ बजेदेखि मतदान प्रक्रिया सुरु गरिनेछ।

सहमतिको प्रयास असफल, भोली निर्वाचनबाटै नेतृत्व चयन हुने

गाईघाट, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुर जिल्ला अधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास अन्ततः असफल भएको छ । सहमतिबाट नेतृत्व चयन गर्ने सम्भावना समाप्त भएपछि भोली निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ ।
निर्वाचन समितिका संयोजक नारायण घिमिरेद्वारा जारी सूचनाअनुसार जेठ २४ गतेका लागि तय गरिएको जिल्ला अधिवेशनको खुला सत्र सम्पन्न भएपछि बन्द सत्रमा प्रवेश गर्दा निर्वाचन प्रतिनिधिको वैधतासम्बन्धी प्रश्न उठेको थियो । उक्त विषयमा लामो छलफल हुँदा निर्वाचन प्रक्रिया निर्धारित समयमा अगाडि बढ्न नसकेको जनाइएको छ । नाराबाजीमा उत्रिएका निर्वाचन प्रतिनिधीहरुले पार्टी नेतृत्वको चर्को बिरोध गरेका थिए ।
निर्वाचन समितिले भोली जेठ २५ गते दिउँसो १ः०० बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिएको छ । यसअघि तय गरिएको सम्पूर्ण निर्वाचन कार्यतालिका बदर गरिएको छ भने पुनः उम्मेदवार मनोनयन प्रक्रियाबाट निर्वाचन कार्यक्रम सञ्चालन गरिने भएको छ ।
समितिले जिल्ला अधिवेशन कार्यविधि २०८३ तथा केन्द्रीय निर्वाचन आयोगको च.नं. १३७, मिति २०८३ जेठ २४ को पत्रअनुसार २०८३ वैशाख १५ गतेभन्दा अघि नियुक्त भएका आधिकारिक प्रतिनिधि सदस्यले मात्र उम्मेदवार बन्न र मतदान गर्न पाउने स्पष्ट गरेको छ । वैशाख १५ गतेपछि निर्णय वा नियुक्ति भएका व्यक्तिहरूलाई पर्यवेक्षकको भूमिकामा मात्र सीमित गरिएको छ ।
पार्टीभित्र सहमतिका लागि अन्तिमसम्म प्रयास भए पनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्ने अवस्था आएको अधिवेशनमा सहभागी नेताहरूले बताएका छन् । भोली हुने मतदानबाट उदयपुर जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ ।

प्रतिभाको खोजी

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९

- गुप्तचर ब्युराे

उदयपुर १६ जेठ । स्पर्श नेपालको आयोजनामा सुरु भएको मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को अडिसन कार्यक्रम त्रियुगा नगरपालिका–३ मोतिगडास्थित JNL Foodland मा सम्पन्न भएको छ।

युवा प्रतिभाको खोजी तथा व्यक्तित्व विकासलाई लक्षित गर्दै आयोजना गरिएको अडिसनमा विभिन्न क्षेत्रका युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी प्रतिस्पर्धीहरूले आफ्नो प्रस्तुति, आत्मविश्वास तथा क्षमता प्रदर्शन गरेका थिए। आयोजक संस्थाका अनुसार अडिसनबाट छनोट भएका प्रतियोगीहरूलाई आगामी चरण अर्थात् मेगा अडिसन का लागि बिराटनगर लगिनेछ। मेगा अडिसनमा उत्कृष्ट प्रदर्शन गर्ने प्रतियोगीहरूलाई थप प्रशिक्षण तथा फाइनल प्रतिस्पर्धाका लागि छनोट गरिने स्रोतले जनाएको छ। स्पर्श नेपालले यस्ता कार्यक्रममार्फत युवाहरूलाई मोडलिङ तथा व्यक्तित्व विकासको क्षेत्रमा अवसर प्रदान गर्दै आएको बताइएको छ।

यस अडिसनको जुरि युवा व्यवसायी श्रवण कुमार चौधरी, मिस उदयपुर रन्जु चौधरी र मोडल तथा एक्टर प्रिन्स नवोनित रहेका थिए ।

 

मदन भण्डारी आँखा हस्पिटल गाईघाटमा मोतियाबिन्दु सल्यक्रिया

गाईघाट, जेठ १३ ।
सगरमाथा अञ्चल चौधरी आँखा हस्पिटलको प्राविधिक सहयोगमा मदन भण्डारी आँखा हस्पिटल गाईघाटमा बुधबारदेखि दुईदिने निःशुल्क आँखा सल्यक्रिया शिविर सुरु भएको छ ।
शिविरमा सामान्य मोतियाबिन्दुका साथै जटिल प्रकृतिका आँखासम्बन्धी सल्यक्रिया सेवा प्रदान गरिएको अस्पतालका सदस्य कृष्ण भण्डारीले जानकारी दिनुभयो । त्रियुगा नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको आँखा परीक्षण शिविरबाट पहिचान गरिएका बिरामीहरूको निःशुल्क सल्यक्रिया भइरहेको उहाँले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने शिविरबाट नगर क्षेत्रका एकसय भन्दा बढी आँखाका बिरामीले सेवा लिने अस्पताल स्रोतले जनाएको छ ।
आधुनिक फिटनेस सेन्टर

युवा पुस्तालाई लक्षित गर्दै आधुनिक फिटनेस सेन्टर सुरु

दिलिप चौधरी
- बिरश बावु शाही

युवा पुस्तालाई लक्षित गर्दै आधुनिक फिटनेस सेन्टर सुरु

उदयपुर । शारीरिक सुगठनको क्षेत्रमा स्थापित युवा दिलिप चौधरीले उदयपुर सदरमुकाम गाइघाटमा आधुनिक सुविधासहितको “पावर बिट्स फिटनेस” सञ्चालनमा ल्याएका छन् । लामो समयदेखि फिटनेस क्षेत्रमा सक्रिय चौधरीले नयाँ पुस्तालाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने उद्देश्यसहित फिटनेस सेन्टर सुरु गरेको बताएका छन् ।

विश्वभर तीव्र रूपमा विस्तार भइरहेको फिटनेस संस्कृतिलाई मध्यनजर गर्दै युवाहरूलाई शारीरिक सुगठन र स्वास्थ्यप्रति प्रेरित गर्ने लक्ष्यका साथ केन्द्र सञ्चालनमा ल्याइएको उनको भनाइ छ । गाइघाटमा आधा दर्जनभन्दा बढी फिटनेस केन्द्र सञ्चालनमा रहे पनि “पावर बिट्स फिटनेस” जिल्लाकै पछिल्लो तथा आधुनिक सुविधायुक्त फिटनेस केन्द्रका रूपमा प्रस्तुत गरिएको छ । २५ बैसाख २०८३ बाट औपचारिक रूपमा सञ्चालनमा आएको केन्द्रमा प्रिमियम स्ट्रेन्थ तथा कार्डियो उपकरण जडान गरिएको छ ।

फिटनेस सेन्टरमा आधुनिक जिम प्रशिक्षण सामग्री, समूह फिटनेस स्टुडियो तथा युवा पुस्तालाई लक्षित विभिन्न फिटनेस कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । साथै पेशेवर खेलाडीहरूले प्रयोग गर्ने रिकभरी प्रोटोकलमा आधारित सेवा समेत उपलब्ध गराइने सञ्चालक चौधरीले बताए । उनका अनुसार फिटनेस केवल शरीर निर्माणको विषय मात्र नभई अनुशासित र स्वस्थ जीवनशैलीसँग जोडिएको अभ्यास भएकाले समुदायसँग घुलमिल हुने फिटनेस अवधारणालाई अघि बढाइनेछ ।

गाइघाटमा पछिल्लो समय बदलिँदो जीवनशैली, खेलकुद संस्कृति तथा स्वास्थ्यप्रतिको बढ्दो चासोसँगै फिटनेस क्षेत्रमा लगानी र आकर्षण बढ्दै गएको देखिन्छ ।

नगर प्रमुख बसन्त कुमार बस्नेत

श्री जनता माद्यामिक बिद्यालयको नयाँ भवन निर्माण

गुणस्तरीय भौतिक संरचना निर्माण
- गुप्तचर ब्युराे

देउरी । त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुर स्थित श्री जनता माद्यामिक बिद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास कार्य सम्पन्न भएको छ ।

त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत ज्युको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा भवन निर्माणको औपचारिक सुरुवात गरिएको हो । उक्त कार्यक्रममा वडा अध्यक्ष उद्धव कुमार थापा तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधारमण खनिवडा लगायतले सम्युक्त रुपमा उपस्थिति भई भूमी पुजन गरि आधार स्तम्भको शिलान्यास गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै गुणस्तरीय भौतिक संरचना निर्माण गरिने प्रतिबद्धता जानाउनु भएको हो । स्थानीयवासी तथा विद्यालय परिवारले नयाँ भवनले शैक्षिक वातावरण सुधार हुने विश्वास व्यक्त गरेका छन् । भवन गलान इन्फ्रटेक सर्वे काठमाण्डौले १ करोड ६४ लाखको लागतमा निर्माण हुने जनाएकाे छ । निमार्ण कम्पनीले आगामी बर्ष जेठमा बिद्यालयलाई हस्तान्तरण गर्ने सम्झौता रहेको छ ।

डान्स च्याम्पियन

लाजिमा राई दोश्रो सस्करणको उदयपुर डान्स च्याम्पियन सिजन–२

लाजिमा राई
- बिरश बावु शाही

बेल्टार । नृत्य विधामा सक्रिय उदयपुर डान्स स्टुडियोले सञ्चालन गरेको दोश्रो सस्करणको उदयपुर डान्स च्याम्पियन सिजन–२ को उपाधि खोटाङ्ग जिल्लाकी लाजिमा राईले जितेकी छिन् ।

शनिबार सम्पन्न फाईनल राउन्डमा लाजिमाले १६ फाइनलिस्टहरूलाई पछि पार्दै उपाधि जितेकी हुन् । बेल्टार बजारमा भएको ग्रान्ड फिनालेमा जितसँगै उनले ४० हजार नगद पुरस्कारसहित अवार्ड र प्रमाणपत्र प्राप्त गरिन ।

जितले उनी नृत्यमा थप उत्साहित र जिम्मेवारी थप गरेको प्रतिक्रिया दिएकी छिन् । प्रतियोगितामा उदयपुर (कटारी) की माया मगर फस्ट रनरअप, हडियाकी कुन्जन सुनाम सेकेन्ड रनरअप र कटारीकै प्रमिसा कार्की थर्डर रनरअप भए । बेस्ट एक्सप्रेसन अवार्ड बेल्टारकी सेडृना राईले जितिन, बेस्ट डिसिप्लिन अवार्ड भोजपुरका दिवाहाङ राईले जिते भने बेस्ट परफर्मर अवार्ड कटारीकी स्वयता आले मगर र रेस्मी मगरले जितेका छन् । फस्ट रनरअपले नगद २० हजार, सेकेन्ड रनरअपले नगद १० हजार र थर्ड रनरअपले नगद ५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

उदयपुर डान्स स्टुडियो बेल्टारको आयोजनामा गत माघ १३ गते कटारी बजारमा अडिसन राउन्ड सुरूवात गरी विभिन्न राउन्ड पूरा गरी फाइनल राउन्ड भएको हो । उदयपुरको मुुख्य व्यापारिक केन्द्रहरू उदयपुरगढी गाउँपालिकाको नेपालटार, रौतामाई गाउँपालिकाको मुर्कुची, चौदण्डीगढी नगरपालिकाको बेल्टार, त्रियुगा नगरपालिकाको गाईघाट र बेलका नगरपालिकाको रामपुरमा अडिसन राउन्ड गरिएको थियो ।

अडिसनबाट छनोट भएका ६५ जना प्रतिस्पर्धीबाट विभिन्न चरण पार गर्दै फाइनलिस्टमा १६ जना रहेका थिए । आयोजक उदयपुर डान्स स्टुडियोका सञ्चालक तथा नृत्य निर्देशक संघ उदयपुरका अध्यक्ष प्रेमजङ्ग किरातीका अनुसार सानदार र सौहाद्रपूर्णढंगले उदयपुर डान्स च्याम्पियनको दोस्रो सिजन सम्पन्न भयो । यसपटक पूर्णरुपले प्रतियोगिको कला र प्रतिभाको आधारमा विजेता चयन भएको उहाँले बताउनुभयो । प्रतियोगिताले उदयपुरमा नृत्य संस्कृतिको विकास र नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पु‍र्याएको छ ।

 

एन्फा महिला च्याम्पियनसिप २०८२

एन्फा महिला च्याम्पियनसिप २०८२ आयोजना हुँदै

थरुहट रंगशालामा
- गाेपाल के तिम्सिना

उदयपुर । नेपालका शीर्ष १० महिला डिभिजन क्लबहरूको सहभागितामा प्रतिष्ठित एन्फा महिला च्याम्पियनसिप २०८२ फागुन १ गतेदेखि गाईघाटस्थित थरुहट रंगशालामा सुरु हुने भएको छ ।
आज गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै एन्फा महासचिव किरण राईले महिला फुटबलको विकास, प्रतिस्पर्धात्मक स्तर उकास्ने र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले च्याम्पियनसिप आयोजना गरिएको बताए । उनले स्थानीय तहको सक्रियता र दर्शकको उपस्थितिले प्रतियोगितालाई थप सफल बनाउने विश्वास व्यक्त गरे ।
च्याम्पियनसिपमा सहभागी हुने क्लबहरू त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब ,एपीएफ फुटबल क्लब ,एफसी रियाले , आर एस रिसोर्ट एण्ड बिच फुटबल क्लब ,चर्च बोइज युनाइटेड ,छहारी युवा क्लब ,संकटा फुटबल क्लब ,गाईघाट फुटबल क्लब ,न्युरोड टिम लगायतका शिर्ष क्लबहरु प्रतिष्पर्धामा उत्रिने तय भएको जिल्ला फुटबल सघं उदयपुरका अध्यक्ष रञ्जन कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार प्रतियोगिताका खेलहरू थरुहट रंगशालामा नियमित रूपमा सञ्चालन हुनेछ । एन्फा महिला च्याम्पियनसिप २०८२ ले महिला फुटबलप्रेमी दर्शकहरूलाई रोमाञ्चक प्रतिस्पर्धा हेर्ने अवसर दिने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

उदयपुर–१ मा तीन मुख्य अनुहारबीच कडा प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उदयपुर क्षेत्र नं. १ मा तीन प्रमुख अनुहारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसका पूर्व सभापति विदुर बस्नेत, नेपाल कम्युनिष्ट पार्टीका बलदेव चौधरी र नेकपा (एमाले) का दुर्गा कुमार थापा मध्ये एक जनाले बाजी मार्ने सम्भावना रहेको तथ्यपरक विश्लेषकहरुले बताएका छन् ।

दोस्रो संस्करणको उपाधि

दोस्रो संस्करणको उपाधि यस वर्ष विशाल राई

विशाल राई
- गाेपाल के तिम्सिनाा

 

उदयपुर । उदयपुर कलाकार समाजको आयोजनामा भएको “उदयपुर आइडल” को दोस्रो संस्करणको उपाधि यस वर्ष विशाल राईले जितेका छन् ।
राईले उत्कृष्ट प्रस्तुति प्रस्तुत गर्दा निर्णायकको मन जित्न सफल भए । उनको स्वर, प्रस्तुति शैलीका कारण उपाधी उचाल्न सफल भएका हुन ।
प्रतियोगितामा जिल्लाभरका युवायुवतीहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

सुपर मम्मी डान्स कम्पिटिसन

‘सुपर मम्मी डान्स कम्पिटिसन’ आयोजना हुने

प्रथम पुरस्कार रु. १ लाख
- नूपुर शाह


उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा हुने उदयपुर एक्स्पो २०८२ को अवसरमा ‘सुपर मम्मी डान्स कम्पिटिसन’ आयोजना हुने भएको छ । प्रतियोगिता त्रियुगा नगरपालिका–३, बसपार्क क्षेत्रमा सञ्चालन हुनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा व्यक्तिगत नृत्य तथा विन्टर थिम अन्तर्गत प्रतिस्पर्धा हुनेछ भने महिलाका लागि विशेष प्रतियोगिताको व्यवस्था गरिएको छ । प्रतिभाशाली महिलाहरूलाई आफ्नो नृत्यकला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगिताको अडिसन मिति २०८२ माघ २३ गते तोकिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुकले प्रवेश शुल्क रु. १,५०० तिर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम पुरस्कार रु. १ लाख र दोस्रो पुरस्कार रु. ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । महोसत्वमा सबैको अपनत्वका लागि ब्यावसायिक स्टलमात्र नराखी कलाका क्षेत्रमा समेत नयाँ कार्यको थालनी गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन तथा थप जानकारीका लागि जिल्ला उद्योग वाणिज्य संघ उदयपुरसँग सम्पर्क गर्न सकिनेछ । आयोजकले उदयपुर एक्स्पो २०८२ को अवसरमा महिलाहरूको प्रतिभा उजागर हुने विश्वास व्यक्त गर्दै सहभागिताका लागि आग्रह गरेको छ ।

मंसिर महिनाको उत्कृष्ट प्रहरी

प्रहरी जवान जीवन कुमार सरदार
- नृपराज शाही

 

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले मंसिर महिनाको उत्कृष्ट प्रहरीका रूपमा प्रहरी जवान जीवन कुमार सरदारलाई सम्मान गरेको छ।

प्रहरी चौकी लालपत्ता उदयपुरमा कार्यरत प्रहरी जवान सरदारले लागूऔषध नियन्त्रण, शान्ति–सुरक्षा कायम तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो।

मंसिर महिनामा उनले चेकजाँचका क्रममा ६० वटा ट्रामाडोल ट्याबलेट, डायजेपाम, बुप्रेनोर्फिन, फेनार्गन लगायतका लागूऔषधसहित अभियुक्तहरूलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साथै, त्रियुगा नगरपालिका वडा नं. ६ लालपत्तास्थित क्षेत्रमा मोटरसाइकलमार्फत लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सक्रियता देखाउँदै नियन्त्रण कार्य सफलतापूर्वक सम्पन्न गरेका थिए ।

त्यसैगरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय नागरिकसँग समन्वय गरी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नसमेत उनले प्रभावकारी भूमिका खेलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी जवान सरदारको उत्कृष्ट कार्यसम्पादन, उच्च नैतिक अनुशासन र जिम्मेवारीबोधको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले उनलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो । सम्मानपत्रमा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंको हस्ताक्षर रहेको छ।

अध्यक्षमा किरण कार्की

अध्यक्षमा किरण कार्की

त्रियुगा खेलकुद विकास समितिको नयाँ नेतृत्व चयन भएको छ
- Birash Babu Shahi

समितिका नवनियुक्त अध्यक्षमा किरण कार्की उपाध्यक्ष गम्भीर दनुवार तथा सचिव श्री चेतन पोखरेल रहेका छन

उसिउलिका मजदुरहरु आन्दोलित

जलजले, जेठ ८ । विगत १४ महिनादेखि तलबभत्ता खान नपाएका उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)का कर्मचारी मजदुरहर...

मदन भण्डारी लोकमार्गमा ‘शुभयात्रा अभियान’ सुरु

मदन भण्डारी लोकमार्गमा ‘शुभयात्रा अभियान’ सुरु

गाइघाट । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुर खण्डमा बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘शुभयात्रा अ...

आधारभूत तह (नगरस्तरीय) परीक्षामा उत्कृष्ट

आधारभूत तह (नगरस्तरीय) परीक्षामा उत्कृष्ट

उदयपुर । त्रियुगा नगरपालिका–३, मोतिगडास्थित स्ट्यान्डर्ड भिजन एकेडेमीले कक्षा ८ को आधारभूत तह (नगरस्तरीय) परीक...

हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं

हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं

उदयपुर । आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दि...

स्थानीय समाचारसबै
नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका

नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका

मोतिगडा । रौता स्प्रिङ्ग बाटरका सन्चालक तथा नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका युवा नेता  पर्शुराम चौधरीकी आमा नन्दवती चौधरीको शुक्रबार बिहान निधन भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाकी स्थायी बासिन्दा चौधरीको ७६ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि स्वास–प्रस्वाससम्बन्धी रोगबाट पीडित रहँदै आएकी चौधरी विगत के...

टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा

टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा

मोतिगडा । मोतिगडाबाट गाइघाटतर्फ गइरहेको ना४ख ९७६४ नम्बरको टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा परेको छ । तेज सि...

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु

लिम्चुङबुङ ।  मंसिर  १७ लिम्चुङबुङ गाउपालिकाले बुधबार देखि औपचारिक रूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ । काठमाड...

महिनाै बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग ।

महिनाै बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग ।

एक मात्र पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सातादिन यता धमाधम क्लिङ्कर उत्पादन गरिरहेको ...

अन्तर्वार्तासबै
अर्थ / व्यापारसबै
जीवनशैलीसबै
पर्यटनसबै
प्रविधिसबै
मनोरञ्जनसबै
नृत्य प्रतिभाहरुकाे खाेजीमा दाेश्राे सस्करणकाे  उदयपुर डान्स च्याम्पियन २०८२

नृत्य प्रतिभाहरुकाे खाेजीमा दाेश्राे सस्करणकाे उदयपुर डान्स च्याम्पियन २०८२

नृत्य प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित ‘उदयपुर डान्स च्याम्पियन सिजन–२’ को पहिलो अडिसन कटारीमा उत्साहजनक रूपमा सम्पन्न भएको छ । उदयपुर डान्स स्टुडियो बेलटारको आयोजनामा मङ्सिर १३ गते कटारीस्थित उद्योग वाणिज्य सङ्घको भवनमा भए...
विचार / स्तम्भसबै
विशेषसबै
शिक्षासबै
स्थानीय समाचारसबै
नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका

नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका

मोतिगडा । रौता स्प्रिङ्ग बाटरका सन्चालक तथा नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका युवा नेता  पर्शुराम चौधरीकी आमा नन्दवती चौधरीको शुक्रबार बिहान निधन भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाकी स्थायी बासिन्दा चौधरीको ७६ वर्षको उमेरमा निधन भएक...

टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा

टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा

मोतिगडा । मोतिगडाबाट गाइघाटतर्फ गइरहेको ना४ख ९७६४ नम्बरको टिफर एभरग्रिन स्कुल नजिक दुर्घटन...

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु

लिम्चुङबुङमा एम्बुलेन्स सेवा सुरु

लिम्चुङबुङ ।  मंसिर  १७ लिम्चुङबुङ गाउपालिकाले बुधबार देखि औपचारिक रूपमा एम्बुलेन्स सेवा स...

महिनाै बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग ।

महिनाै बन्दपछि सुचारु भएको सरकारी स्वामित्वको उद्योग ।

एक मात्र पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सातादिन यता धमाधम क्लिङ्...

भिडियोसबै