माेतिगडा । जिल्ला क्रिकेट संघ उदयपुरको आयोजनामा पौष ९ देखि १३ गतेसम्म सञ्चालन हुने वडा कप क्रिकेट प्रतियोगितामा त्रियुगा नगरपालिका वडा नम्बर ३ को प्रतिनिधित्व मोतिराजा युवा क्लबका क्रिकेट खेलाडीहरूले गर्दै सहभागिता जनाइरहेका छन ।
प्रतियोगितामा सहभागी खेलाडीहरूलाई प्रोत्साहन तथा सहयोग स्वरूप वडा खेलकुद विकास समितिको तर्फबाट क्रिकेट टिमलाई जर्सी प्रदान गरिएको समितिका अध्यक्ष पर्बत दाहालले जानकारी दिएका छन । जर्सी वितरण कार्यक्रममा क्रिकेट खेलाडीहरूको उत्साहजनक उपस्थिति देखिएको थियो ।
वडा कप क्रिकेट प्रतियोगिता स्थानिय साकेला क्रिकेट ग्राउन्ड, बरुवा बसपार्कमा हुने जिल्ला क्रिकेट सघका अध्यक्ष एल्बिन बस्नेतले बताउनु भएको छ । ६ टिम सहभागी खेलको विजेता तथा उपबिजेता टिमलाई नगद तथा ट्रफिको ब्यबस्था गरिएको बहाले बताउनु भएको छ ।
खेलकुदमार्फत युवाहरूको प्रतिभा विकास, स्वस्थ जीवनशैली र सकारात्मक प्रतिस्पर्धाको प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगितामा सबैको सहयोग र उपस्थितिका लागि जिल्ला क्रिकेट सघं उदयपुरले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया