देउरी । त्रियुगा नगरपालिका ५ श्रीपुरमा रहेको जनता माद्यामिक बिद्यालय श्रीपुरमा खेलकुद सप्ताह सुरु भएको छ । आइतबारबाट भएको शुरु भएको खेलकुद सप्ताह एक सातासम्म चल्ने छ ।
“स्वास्थ्यको लागि खेलकुद,रास्ट्रको लागि खेलकुद“ भन्ने मुल नारालाई आत्मसात गर्दै आइतबारबाट बिद्यालयले सदनात्मक खेलकुद सप्ताह शुरु गरेको छ । बिद्यालयका विद्यार्थीहरुको खेलप्रतिको मोहका कारण सप्ताहव्यापी आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गरेको सहायक प्रध्यानाध्यपक नारायण सिह ठकुरीले जानकारी दिनुभयो । भलिबल, म्युजिकल चेयर , ज्याभलिङ्ग थ्रो, रुमाल लुकाई ,सटफुट , हाइजम्प, त्रिपल जम्प र एथिलिट तर्फ १ सय २ सय ४ सय र ८ सय मिटरको दौड फिल्ड ट्रयाक र खेलगरी ११ वटा विधामा खेलकुद सप्ताहको आयोजना गरिएको वहाले बताउनु भएको छ ।
खेल सप्ताह अन्र्तगत ४ सदन बिचमा प्रतिष्पर्धा रहने छ । तुलषी सदनको सम्योजक नुन कुमारी मगर र सदस्य नारायण चौधरी रहनु भएको छ । लालिगुरास सदनको सम्योजक सावित्रा भण्डारी,मुना लायो मगर र प्रमिला पोखरेल क्रमस सदस्य छन । सयपत्री सदनका लागि सम्योजक ज्ञानेन्द्र कार्की, दिपेन्द्र गुप्ता र इन्दिरा मगर सदस्य छन भने निलकमल सदनका लागि सम्योजक कुल ब. तामाङ्ग कृष्णा श्रेष्ठ र यसोदा बस्नेत सदस्यका रुपमा रहनु भएको छ । बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख महेश कुमार दाहालका अनुसार प्रतियोगीतामा विजेता विद्यार्थीहरुलाई नगद सहितको पुरस्कार प्रदान गरिने छ । हरेक दिन फरकफरक बिधाका खेलहरुमा प्रतिस्प्रर्धा गराइएको उहाँको भनाइ छ ।

कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथी त्रियुगा नगरपालिका ५ वडाध्यक्ष उद्धव कुमार थापाले ब्यानर बाचन गरेर शुरु गर्नु भएकाे भएकाे थियाे । भने सभाध्यक्ष बिध्यालय ब्यावस्थापनका अध्यक्ष राधारमण खतिवडाले गर्नु भएकाे थियाे । खेलकुदले बिद्यार्थीहरुको बौद्धिक, शारीरिक तथा मानसिक बृत्ति बिकासका लागि बिद्यालयले वार्षिक रुपमा खेलकुद सप्ताह मनाउने तालिका बनाएकोमा बक्ताहरुले बिध्यालयकाे कदर गर्नु भएकाे थियाे । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधी  तथा जनप्रतिनिधि , सामुदायिक बन,क्लब, शिक्षाप्रेमी, बिब्यस, शिअसंघ लगायतकाे उपस्थिति रहेकाे थियाे । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि खेल सप्ताहले महत्वपूर्ण भूमिका निर्बाह गर्ने बहाहरुले अपेक्षा रहेकाे बताउनु भएकाेछ ।

 

तपाईको प्रतिक्रिया