मोतिगडा । रौता स्प्रिङ्ग बाटरका सन्चालक तथा नेपाल कम्निष्ट पार्टी (एमाले) उदयपुरका युवा नेता पर्शुराम चौधरीकी आमा नन्दवती चौधरीको शुक्रबार बिहान निधन भएको छ ।
त्रियुगा नगरपालिका–३ मोतिगडाकी स्थायी बासिन्दा चौधरीको ७६ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि स्वास–प्रस्वाससम्बन्धी रोगबाट पीडित रहँदै आएकी चौधरी विगत केही वर्षदेखि अशक्त अवस्थामा थिइन् ।
उनको शुक्रबार नै थारु परम्पराअनुसार अन्त्येष्टि गरिएको परिवारजनले जनाएका छन ।




