नृत्य प्रतिभाहरुकाे खाेजीमा दाेश्राे सस्करणकाे उदयपुर डान्स च्याम्पियन २०८२
नृत्य प्रतिभाहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यले आयोजित ‘उदयपुर डान्स च्याम्पियन सिजन–२’ को पहिलो अडिसन कटारीमा उत्साहजनक रूपमा सम्पन्न भएको छ । उदयपुर डान्स स्टुडियो बेलटारको आयोजनामा मङ्सिर १३ गते कटारीस्थित उद्योग वाणिज्य सङ्घको भवनमा भएको अडिसनबाट २८ जना प्रतिस्पर्धी ‘मेगा अडिसन’ का लागि छनोट भएका हुन् ।
कटारीबाट सुरु भएको अडिसनमा कुल ६५ जनाले सहभागिता जनाएका थिए । आयो...

