उदयपुर । नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा चौथो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन थरुहट रगंशालमा भएको छ । नगरप्रमुख बसन्त बस्नेतले एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरेका हुन् ।पौष ११ देखि १४ सम्म प्रतियोगितामा नगरक्षेत्रका सामुदायिक तथा सस्थागत २ दर्जन बढी बिद्यालयहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराँते, तेक्वान्दो खेलको प्रतिस्पर्धा हुनेछ ।
एथलेटिक्सको छात्र÷छात्रामा समान ३–३ गरी ६ स्वर्ण, कराँते, तेक्वान्दो र उसुको छात्र छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नगद पुरस्कार राशि सहित शिल्डका लागि बिद्यालयहरुको प्रतिष्पर्धा हुनेछ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने आयोजक नगर खेलकुद बिकास समितिले जनाएकोछ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित रनिङ सिल्ड प्रदान गरिने छ भने उपविजेता र तेस्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । बिधागत उत्कृष्ट हुने छात्र÷छात्रलाई माउण्टेन बाइक प्रदान गरिने छ ।
यस अगाडीका भएको तेश्रो सस्करणको प्रतियोगितामा सदरमुकाम स्थित त्रियुगा माबिले हात पारेको शिल्ड कार्यक्रमका बिचमा त्रियुगा माविका प्रध्यानाध्यपक सुवाश बिष्टले आयोजकलाई फिर्ता गरिएको थियो ।
कार्यक्रममा जिल्लाका सम्पूर्ण कार्यलय प्रमुख प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, प्रहरी प्रमुख एसपी राजन चापागाई,१८ नं. बाहिनीपति विभिन्न राजनैतिक दल,गैरसरकारी सस्थाका प्रतिनिधी, उद्योगी , ब्यावसायी तथा कर्मचारी लगायतको उपस्थिती रहेको थियो । नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष किरण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई,कार्यकारी प्रमुख कुमार कोइराला,वडाध्यक्षहरु क्रमस सुमन्त कोइराला,तिलक कट्वाल,नविन राई लगायतको उपस्थिती रहेको थियो ।







