उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरिएको छ ।

अधिवेशनबाट जिल्ला सभापतिमा चित्रकुमार कार्की, उपसभापतिमा किरण राउत, सचिवमा सूर्यबहादुर लामा तथा सहसचिवमा सूर्यकुमार राई निर्वाचित भएका छन् । जिल्ला सदस्यमा अम्बरबहादुर तामाङ, कौसिला कार्की, गुरुदेव कार्की, हेमकुमारी चौधरी र तेजमान विक चयन भएका छन् ।

त्यसैगरी क्षेत्र नं. १ को सभापतिमा उद्धव अधिकारी, क्षेत्र नं. १ (ख) को उपसभापतिमा बासु थापा र पवन कार्की निर्वाचित भएका छन् भने झरना गहतराज क्षेत्रीय सदस्यमा निर्विरोध चयन हुनुभएको छ । क्षेत्र नं. २ को सभापतिमा सामर्थ थापा निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्दै निर्वाचन समितिले नया पदाधिकारीहरुबाट पार्टीलाई जिल्लामा थप सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो ।

तपाईको प्रतिक्रिया