गाईघाट । डेप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गाईघाटले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला उद्योग तथा बाणिज्य सघ उदयपुरसगको सहकार्यमा त्रियुगा नगरपालिका क्षेत्रका लागि डस्टबिन बितरण गरेको छ ।
उद्योग वाणिज्य संघ उदयपुरसगको सहकार्यमा त्रियुगा नगरपालिकाका विभिन्न क्षेत्रमा आबस्यक्ता अनुसार डस्बिन बितरण गरिने अध्यक्ष गजेन्द्र कुमार भगतले जानकारी दिए । डस्बिन बितरण कार्यक्रम सार्वजनिक स्थल तथा वातावरणीय सरसफाइ प्रवद्र्धन गर्ने उद्देश्यले सन्चालन गरिने उनले बताए । कार्यक्रममार्फत समुदायमा फोहोर व्यवस्थापनप्रति जनचेतना अभिवृद्धि गर्दै स्वच्छ र सफा वातावरण निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको आयोजक सस्था डिप्रोक्स लघु वित्तीय सस्थाले जनाएको छ ।
डिप्रोक्स लघुवित्तका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता जनहितका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।







