गाइघाटमा विरोध प्रदर्शन
उदयपुर । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकलाई न्याय माग्दै सदरमुकाम गाइघाटमा विरोध प्रदर्शन भएको छ ।
न्यायका निम्ती दीप प्रज्वलन गरी सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावादलगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । हाम्राे दाजुभाइ समूहले बिहीबार घटनाको निष्पक्ष छानबिन...

