
उदयपुर । उल्टो बाइक कुदाई आफ्नाे असाधरण क्षमता प्रर्दशन गरेका गिनिज बुकमा नाम लेखाउन सफल मेराे पिक हिमाल आरोही राष्ट्रिय स्वतन्त्र पाटी (रा.स्व.पा) उदयपुरका सभापति, कीर्तिमानी युवा संघ नेपालका संस्थापक अध्यक्ष, तथा हाम्रा सहकर्मी चित्र कुमार कार्की र टेबल टेनिस खेलमा कीर्तिमान कायम गर्न सफल खेलाडी गोमा सापकोटा वैवाहिक जीवनमा बाँधिनुभएको छ।
मंसिरमा सम्पन्न वैवाहिक समारोहमा परिवार, राजनीतिक क्षेत्र, खेलकुद, पत्रकारिता तथा सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। समाजसेवा, खेलकुद र साहसिक अभियनमा सक्रिय दुवै व्यक्तित्वको दाम्पत्य सम्बन्धले आगामी दिनमा अझ धेरै सकारात्मक योगदान ल्याउने अपेक्षा गरिएको छ।






