
उदयपुर । त्रियुगा नगरपालिका–३ मोतिगडा सगरमाथा टोलका २ वर्षिय बालक योङ्ग हाङ्ग राईको घर छेउको नालीमा डुबेर मृत्यु भएको छ । एक्लै खेलि रहेका बेला नालीमा खसेर मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले जनाएको छ ।
घटनापछि बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, उदयपुर लगिएको प्रहरी निरीक्षक बिष्णु बहादुर खड्काले गुप्तचरलाई जानकारी दिए । पोष्टमार्टम पश्चात् शव आफन्तलाई बुझाइने बहाले जानकारी दिनुभएको छ ।
बालक आमा सिता राई रहँदै आएका थिए भने उनका बाबु मजदुरीका लागि घरबाहिर रहेको बालकका आफन्त सुहाग राईले बताए ।







