१ लाख ४९ हजारलाई म्यादी जागिर

उदयपुर । २१ फागुनमा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने गरी सरकारले मापदण्ड स्वीकृत गरेको छ ।

गृह मन्त्रालयका अनुसार नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत परिचालन हुने गरी मापदण्ड स्वीकृत गरिएको हो । १० दिन तालीम र ३० दिन कार्यस्थलमा खटिने गरी निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ ।

भर्ना हुने म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायत सेवासुविधा उपलब्ध गराइने छ । रासन सुविधा सम्बन्धित जिल्लाको दररेट अनुसार दिइने छ । रासन, मासिक तलब र पोसाकबापतको खर्च सम्बन्धित व्यक्तिकै बैंक खातामा उपलब्ध गराइने छ । यसका अलवा म्यादी छनोटपछि आउने र जाने तयारी खर्च अन्तर्गत प्रति व्यक्ति ८ सय ४६ रुपैयाँ, ४ दिनको खाजा खर्च एकमुष्ट १२ सय दिइने गृह श्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया