मनिष बास्ताेला । गृह गुप्तचर
जिल्ला अस्पताल उदयपुरले उत्कृष्ट सेवा प्रदान गर्ने दुई जना कर्मचारीलाई सम्मान गरेको छ । मङ्सिर १३ गते शनिबार अस्पताल परिसरमा नवनिर्मित प्रसूति गृह भवन उद्घाटन समारोहका अवसरमा अस्पताल व्यवस्थापनले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेहरूमा स्टाफ नर्स निर्मला कुमारी पाण्डे र कम्प्युटर अपरेटर रोजिन थापा रहेका छन् । पाण्डेलाई महिलातर्फ र थापालाई पुरुषतर्फको उत्कृष्ट कर्मचारीका रूपमा छनोट गरिएको हो ।
उत्कृष्ट कार्य सम्पादनको मूल्याङ्कन र अस्पतालका कर्मचारीहरूको आन्तरिक मतदानका आधारमा उनीहरूलाई सम्मान गरिएको अस्पतालकी प्रशासन शाखा प्रमुख भगवती खतिवडाले जानकारी दिइन् ।कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राई, प्रदेश उपसभामुख सिर्जना दनुवार, जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मा तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतले उत्कृष्ट कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया