उदयपुर । सूसचित बनौँ, सुरक्षित रहौ भन्ने मूल नारासहित विश्व लगानीकर्ता सप्ताह अन्तर्गत पुँजी बजार शिक्षा तथा लगानीकर्ता सचेतना कार्यक्रम आज त्रियुगा उद्योग बाणिज्य सघको भवनमा नेपाल धितोपत्र बोर्ड र दीपशिखा धितोपत्र कारोवारद्वारा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन धितोपत्र बोर्डका निर्देशक सुरज प्रधानाङ्गले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता त्रियुगा उद्योग बाणिज्य सघका अध्यक्ष नबिन बस्नेतले गर्नु भयो । कार्यक्रममा बीमा प्राधिकरण, बैंकर तथा बित्तिय प्रतिनिधि, ब्यापारी, सञ्चारकर्मी, विद्यार्थी तथा प्राध्यापकसहित ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

उद्घाटन सत्रमा वक्ताहरूले लगानीकर्ता शिक्षा, वित्तीय साक्षरता र प्रविधिमार्फत हुने ठगीप्रति सचेत रहनुपर्ने आवश्यकता औँल्याएका थिए। विश्व लगानीकर्ता सप्ताहअन्तर्गत मंसिर २५ देखि पुस २ सम्म देशव्यापी रूपमा कार्यक्रम सञ्चालन हुने जानकारी दिइएको थियो।

कार्यक्रमपछि लगानीकर्ताहरूका लागि धितोपत्र बजार, जोखिम–प्रतिफल तथा आधारभूत विश्लेषणसम्बन्धी प्रस्तुतिकरण समेत गरिएको थियो।

तपाईको प्रतिक्रिया