
गाइघाट । पौष २० बाट प्रथम उदयपुरगढी गाउपालिका महोत्सव २०८२ नेपालटार बजारमा सञ्चालन गरिने आइतबार पत्रकार सम्मेलन मार्फत मौवासी युवा समाजले जानकारी दिएको छ ।
हाम्रो गाउ घरमा जे उत्पादन हुन्छ , जे जति उत्पादन हुने हो । त्यहि लिएर महोत्सवमा सहभागीताका लागि आयोजक मौवासी युवा समाजले अपील गरेको छ । पौष २० गतेबाट सञ्चालन गरिने महोत्सवमा स्थानिय रैथाने कृषी उत्पादनको प्रबद्र्धन गरिने स्थनिय इश्वर गिरीले बताउनु भयो । महोत्सव माघ ४ सम्म सञ्चालन गरिने भएको छ ।
उदयपुरगढी गाउपालिकासगको सहकार्यमा मौवासी युवा समाजले महोत्सवको आयोजना गर्न लागेको हो । उदयपुरगढीको पहिचान बोकेको उत्पादनको प्रबद्र्धन गरिने आयोजकले जनाएको छ । महोत्सवमा सुपथ मूल्यका साथै छुटको व्यवस्था गरिने आयोजकले जानकारी गराएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि मेला आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्याेजक डिश्टान गुरागाइले भने महोत्सवकोे उदेष्य स्थानिय उत्पादन, सीप, कला, सस्कृति तथा उद्यमको प्रवद्र्धनका लागि स्थानीय र घरेलु उत्पादनको केन्द्रको रुपमा नेपालटार बजारलाई विकास गर्ने लक्ष्य रहेको जानकारी गराएको छ ।
स्थानीय उत्पादनलाई बाह्य र आन्तरिक पर्यटन उद्योगसँग जोडेर आयआर्जन वृद्धिका लागि उदयपुरगढी गाउपालिकाले महोत्सवको आयोजना गरिएको जानकारी इश्वर गिरीले बताउनु भयो । महोत्सवमा स्थानिय वस्तुको व्यापार , स्थानीय उत्पादनलाई प्राथामिकता दिने, गीत सङ्गीत लगायतका मनोरञ्जनात्मक कार्यक्रम एवम घरेलु उत्पादन प्रवद्र्धनका लागि महाेत्सव पृथक रहने आयोजकले जनाएको छ ।






