श्रीबाबु कार्की उदासको कथा ‘जस’मा आधारित छोटो चलचित्र  युट्युब च्यानल कायाकल्प मार्फत सार्वजनिक भएको छ ।

श्रीबाबु कार्की उदासको छोटो कथा ‘जस’ मा आधारित भिडियो चलचित्र ‘कायाकल्पटिभि’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । समाजका गहिरा यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको यस छोटो चलचित्रले दर्शकको ध्यान तानेको छ ।

‘जस’ कथा जिम्मेवारीको बोझ बोकिरहेका मानिसहरूले समेत एक–अर्काप्रति देखाउनुपर्ने सहानुभूति र ‘जस’ नदिने आम मानवीय प्रवृत्तिलाई मुख्य विषय बनाउँछ । सामाजिक दायित्व, स्वार्थ र संवेदनाबीचको द्वन्द्वलाई कथाले सशक्त रूपमा उजागर गरेको छ ।

चलचित्रमा कलाकार गोपाल कृति, प्रेम मगर र सुसे मगरको जीवन्त अभिनय रहेको छ । जसले कथालाई अझ प्रभावशाली बनाएको छ । पात्रहरूको मनोविज्ञानलाई स्वाभाविक रूपमा प्रस्तुत गरिएको अभिनयले दर्शकलाई कथासँग जोड्न सफल भएको छ ।

यस लधुचलचित्रको निर्देशन,छायंकन तथा सम्पादन कृष्ण कल्प दुलालले गरेका हुन् । साहित्यिक कृतिलाई चलचित्रका माध्यममा रूपान्तरण गर्ने प्रयासमा ‘जस’ शृंखलाले सामाजिक सन्देश र कलात्मक प्रस्तुतिको सन्तुलन कायम गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया