
गायक आर.के. खत्रीको नयाँ गीत ‘लाल विन्दी’ अग्रेजी नया वर्षको अवसरमा सार्वजनिक गरिने भएको छ ।
युट्युब च्यानलमार्फत सार्वजनिक गरिने यो गीतले छोटो समयमै दर्शक–श्रोताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएकोछ । गीतले युगल प्रेमील जोडीको जीवनको उतार चढावलाई सरल तर भावनात्मक ढंगले प्रस्तुत गरेको छ ।
जीवनका साना–ठूला क्षणहरू मार्फत एउटै घरभित्रको आपसी सम्बन्ध, अपनत्व र सम्मानलाई गीतले उजागर गरेको छ । गीतको म्युजिक भिडियो सुजन राईको निर्देशन तथा कोरियोग्राफीमा तयार गरिएको हो ।
भिडियोमा टिकटक जोडी गोपाल कृति र नमु न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन प्रनेश राईले गरेका हुन् । गीतमा शब्द, संगीत र स्वर आरके खत्रीको रहेको छ । उनी चर्चित गायक कमल खत्रीको सहोदर भाई हुन । भिडियो उदयपुर सदरमुकाम गाइघाट बरिपरीका क्षेत्रमा छायकन गरिएको छ ।






