
उदयपुर । त्रियुगा नगरपालिका १५ सालथुम्की अवस्थित श्री उदय आधारभूत बिद्यालयका बिद्यार्थीहरुको लागि जाडोमा न्यानोे कपडा प्रदान गरिएको छ ।
गिरीबन्धु प्लाष्टिक उद्योगका सञ्चालक एवम सामाजिक अभियन्ता प्रदिप गिरीको टोलीले बिद्यालयमा अध्यनरत २ दर्जन बढी छात्र÷छात्राका लागि जाडोमा न्यानो कपडा एक कार्यक्रमका बिचमा बितरण गरिएको कार्यक्रम सम्योजक विन्दा राउतले जानकारी दिनुभएको छ ।
अभियन्ता गिरी पछिल्लो समय आफ्नो आयको १० प्रतिशत दिनदुखीहरुका लागि सेवामा खर्चिने गरिरहेका छन । सोही अवसरमा प्रदिप गिरी, संगीता खड्का, शुधान्शु शेखर झा, डोर प्रसाद काफ्ले र बिन्दा राउत लगायतका दाताहरुलाई बिद्यालय परिवारले सम्मान गरेको थियो ।






