मोतिगडा । उदयपुरगढी गाउँपालिका–७ मा हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई त्रियुगा उद्योग वाणिज्य संघले खाद्यान्यसहित राहत सामग्री सहयोग गरेको छ।

पौष १५ गते पूर्वतर्फबाट आएका चारवटा हात्तीले स्थानीय टेकबहादुर मगर, जोगमाया घले मगर, भोबी राना र जोस राना मगरको घर भत्काउनुका साथै अन्नबालीमा क्षति पुर्‍याएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज श्रेष्ठले जानकारी दिनुभयो।

गाउँपालिकाको अनुरोधमा राहत उपलब्ध गराइएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नबिन बस्नेतले बताउनुभयो। सामाजिक अभियन्ता तथा उद्योगी प्रदीप गिरी र जिल्ला वितरक संघ उदयपुरसँगको सहकार्यमा पीडित परिवारलाई खाद्यान्य, तेल, दाल, चिउरा र नगद सहयोग प्रदान गरिएको हो।

स्थानीयले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका दीर्घकालीन उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया