मोतिगडा । विद्यालय स्थापना दिवस तथा पृथ्वी जयन्तीको अवसर पारेर स्ट्यान्डर्ड भिजन एकेडेमी मोतिगडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चौक सरसफाइ तथा फूल रोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका बारेमा विद्यालयका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले जानकारी दिँदै विद्यालयले शिक्षा मात्र नभई समाजप्रति पनि जिम्मेवार बन्नुपर्ने मान्यताका साथ यस्तो अभियान सञ्चालन गरिएको बताउनुभयो । नेपाल एकीकरणका सूत्रधार पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै राष्ट्रिय झण्डा फहराइयो भने विद्यालय परिवार र सहभागी युवाहरूले सामूहिक रूपमा राष्ट्रिय गान गायन गरेका थिए ।
पृथ्वी जयन्तीको अवसरमा स्थानीय युवाहरूसँगको सहकार्यमा आयोजित कार्यक्रममा चौक सरसफाइ पश्चात दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा अगुवा शेखर कार्की, मन्दीप आचार्य र मनिष बास्तोला लगायतको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमले वातावरण संरक्षण, राष्ट्रिय एकता र नागरिक जिम्मेवारीबारे सकारात्मक सन्देश दिएको सहभागी बशन्त गजमेरले बताएका छन् ।






