गाईघाट । नेपाली काग्रेस उदयपुरका पुर्ब सभापति बिदुर बस्नेतले उदयपुरको क्षेत्र नम्बर १ बाट उम्मेद्बारी मनोनयन गराएका छन् । पार्टी कार्यालय बाट जुलुस सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर बस्नेतले दिउसो तीन बजे उम्मेद्बारी मनोनयन गराएका हुन ।

नेकपा बाट पुर्ब मेयर बलदेव चौधरी क्षेत्र नम्बर १ बाट उम्मेद्बारी दर्ता गराएका छन् । जूलूस सहित निर्वाचन कार्यालय पुगेर उनले दिउसो २ बजे उम्मेद्बारी मनोनयन गराएका छन् । नेपाली काग्रेसले उदयपुरको दुबै क्षेत्र बाट प्रतिनिधि सभा निर्वाचनको लागि उमेदवारको नाम टुंगो लगाएको छ ।

केन्द्रिय समितिले आज दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ बाट पुर्ब पार्टी सभापति बिदुरकुमार बस्नेत र क्षेत्र नम्बर २ बाट युबा नेता  रामकुमार राईको नाम उमेदवारको रूपमा चयन भएको हो । निर्वाचनको लाई मंगलबार उमेदवार मनोनयन गर्ने तालिका रहेको थियो ।

तपाईको प्रतिक्रिया