गाईघाट  । चालक ट्रकको ठक्करबाट स्कुटरमा सवार युवाको सोमबार दिउसो मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ४ बगाहाका रुपक बस्नेत रहेका छन् । कदमाहा- गाईघाट सडक खण्डको कदमाहा छेउमा बस्नेतले चलाएको स्कुटरलाई बिपरित दिशा बाट आउदै गरेको ट्रकले दिउसो १ बजेको समयमा कदमाहा- गाईघाट सडक खण्डको कदमाहा छेउमा बस्नेतले चलाएको स्कुटरलाई बिपरित दिशाबाट आउदै गरेको ट्रकले दिउसो १ बजेको समयमा ठक्कर दिएको हो । दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको हो ।

बस्नेत सिराहाको लहान बजार देखि घर तर्फ आउदै थिए ।उनलाई गाईघाट बाट जाँदै गरेको ट्रकले ठक्कर दिएको हो । घटनाको बिस्तृत विवरण आउन बाकी छ । मृतकको शब अहिले लहान अस्पतालमा पोस्ट मार्ट्मको लागि लगिएको छ । ट्रक चालकलाई लहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया