
गाइघाट । त्रियुगा नमुना माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सवको अवसरमा तीनदिने कला तथा विज्ञान प्रदर्शनी आजबाट सुरु भएको छ ।
विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, वैज्ञानिक सोच र व्यवहारिक ज्ञानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा त्रियुगा नगरपालिकाका सामुदायिक तथा सस्थागत २ दर्जन बढी विद्यालयहरुको सहभागीता रहेको छ । विद्यार्थीहरूले तयार पारेका कला सामग्री, विज्ञानसम्बन्धी मोडेल, प्रयोगात्मक सामग्री तथा नवीन आविष्कारहरू प्रदर्शनमा राखिएका छन् ।
प्रदर्शनी उद्घाटन कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख बसन्त कुमार बस्नेतले प्रविधीमा पुस्तान्तरणको सहज पहुचले निश्चय पनि आफुहरु जिम्ेवार बन्नेमा आशाबादी रहेको बताएका थिए । कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले आफुहरुले सस्थागत तथा निजी विद्यालयहरु बिचमा सहजिकरण गरिरहेको बताउनु भयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।
प्रदर्शनीले विद्यार्थीहरूमा अनुसन्धानमुखी सोच विकास गर्नुका साथै विज्ञान र कलाप्रतिको रुचि बढाउने अपेक्षा गरिएको त्रियुगा नमुना माद्यामिक बिद्यालयका प्राचार्य सुवास विष्टले जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी अवलोकनका लागि विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई खुला गरिएको वहाले जनाउनु भएको छ ।






