बेल्टार । मंसिर १८

इलाका प्रहरी कार्यलय बेल्टारले गाजा सहित  एक युबालाई पक्राउ गरेको छ । चौदण्डिगढी नगरपालिका  ३ पैतालिस चोकमा कंचनपुर सप्तरीका २४ बर्षिय शिब शकर रामलाई बुधबार साझ ५ बजे ५ केजी गाजा सहित पक्राउ गरेको छ।

उदयपुरको बेलका नगरपालिकाको रामपुर देखि सप्तरीको कंचनपुर जादै गरेका राम सवार प्र २-०१-००३ प २९३५ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउदै गरेको अबस्थामा उक्त परिणामको गाजा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गाजा , मोटरसाइकल सहित रामलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ ।

तपाईको प्रतिक्रिया