समानुपातिक उम्मेदवार सिफारिस

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले आगामी निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गत विभिन्न क्लस्टरका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

समानुपातिक तर्फ महिला, जनजाति, दलित, खस आर्य, थारु तथा आदिवासी जनजाति समूहबाट विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम सिफारिस गरिएको छ। सिफारिस सूचीमा अम्बिका कुमारी थापा क्षेत्री, कमला देवी राई, काजीमान तामाङ,जीमला पौडेल, दुर्गा परियार, विनोद कटुवाल, भगवती खनाल, मदन बराइली मेम विक, राजकुमार राई, राजन कुमार दनुवार, राममणि पोखरेल, लिला बहादुर परियार र सुनिता कुमारी चौधरी लगायतका नामहरू रहेका छन ।

यसैगरी नेकपाले राषिटय सभा तर्फ नेपाली वर्णानुक्रम अनुसार खुबराज खत्री, झनक बहादुर विश्वकर्मा, दीपक बस्नेत, पुष्प विश्वकर्मा र रामभक्त यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरेको जनाएको छ ।

समानुपातिक प्रणालीमार्फत समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यले विभिन्न वर्ग, समुदाय र क्षेत्रलाई समेटेर उम्मेदवार सिफारिस गरिएको जनाएको छ । नेपाली कम्युनिष्ट पार्टी उदयपुरले प्रत्यक्षतर्फको नाम सिफारिस प्रक्रियामा रहेको र केही दिनभित्रै टुंगो लाग्ने जिल्ला हेडक्वाटरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया