
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उदयपुर क्षेत्र नं. १ का लागि दुर्गा बहादुर थापा (स्वास्ति) ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
दिउँसो नाराजुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्से पुगेर थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो । नेकपा (एमाले) उदयपुरका अध्यक्ष भागवत राउतले थापाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।
पूर्व गाविस अध्यक्ष हुँदै राजनीतिमा सक्रिय रहनुभएका थापा बेलका नगरपालिकाका पूर्व नगर प्रमुख समेत हुनुहुन्छ । स्थानीय तहमा लामो अनुभव बटुल्नुभएका थापालाई पार्टीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको रूपमा अघि सारेको हो । उम्मेदवारी दर्ताका क्रममा पार्टी कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।






