गृहगुप्तचर समाचारदाता
मंसिर १६, मंगलबार ।
अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा फरार रहेका त्रियुगा नगरपालिका–११ बगरटोलका २३ वर्षीय उज्वल राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
२०८२ भदौ १० गते राति करिब ८ बजे त्रियुगा नगरपालिका–११ स्थित उदयपुर स्केटिङ पार्कबाट त्रियुगा नगरपालिका–१२ शनिमन्दिरका २० वर्षीय संजिव राई र सोही वडाको शिवालयटोल बस्ने १८ वर्षीय प्रबिण श्रेष्ठलाई जबरजस्ती अपहरण गरी बरुवा खोलाको किनारमा लगेर धाकधम्की, कुटपिट तथा यातना दिएका आरोपमा उज्वल राई फरार रहेका थिए ।
फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले मंसिर १४ गते पक्राउ गरी न्यायिक प्रकृया अघि बढाएको थियो ।
जिल्ला अदालत उदयपुरमा पेश गरिएपछि अदालतले मंसिर १६ गतेको आदेशअनुसार उज्वल राईलाई पुर्पक्षका लागि कारागार कार्यालय उदयपुर पठाइएको जिल्ला अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया