उदयपुर । त्रियुगा नगरपालिका–३, मोतिगडास्थित स्ट्यान्डर्ड भिजन एकेडेमीले कक्षा ८ को आधारभूत तह (नगरस्तरीय) परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। हालै सार्वजनिक भएको परीक्षाफल अनुसार विद्यालयले सतप्रतिशत नतिजा ल्याउँदै नगर प्रथमसहित उल्लेखनीय सफलता प्राप्त गरेको हो। विद्यालयका चार जना विद्यार्थीले ४.० जीपीए ल्याउँदै सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्। ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूमा अनुजा भण्डारी, आयुषा थापा, मनिष बि.के. र मिनुषा राई रहेका छन्। उनीहरूको यस उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तरलाई थप उचाइमा पुर्याएको विद्यालयले जनाएको छ। यसैगरी अन्य धेरै विद्यार्थीहरूले पनि उत्कृष्ट जीपीए ल्याई विद्यालयलाई गौरवान्वित बनाएका छन्।
विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा, अनुशासन र दक्ष शिक्षकको योगदानका कारण यस्तो सफलता सम्भव भएको बताएको छ। विद्यालयका प्रबन्ध निर्देशक नवराज सिंह ठकुरीले सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।







