मोतिगडा । मोतिगडाबाट गाइघाटतर्फ गइरहेको ना४ख ९७६४ नम्बरको टिफर एभरग्रिन स्कुल नजिक दुर्घटनामा परेको छ ।
तेज सिमेन्ट बोकेर गोदामका लागि हिडेको टिफर अन्दजी रातको १२ बजे सडकबाट अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा कुनैपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । चालकले मादक पदार्थ सेवन गरेको हुन सक्ने प्रत्यक्षदर्शीहरुले गुप्तचरलाइ जानकारी गराए । चालकको उद्धार गरि जिल्ला अस्पतालमा उपचार भइरहेको श्रोतले बताएको छ ।




