उदयपुर । त्रियुगा खेलकुद विकास समितिको नयाँ नेतृत्व चयन भएको छ। समितिका नवनियुक्त अध्यक्षमा किरण कार्की उपाध्यक्ष गम्भीर दनुवार तथा सचिव श्री चेतन पोखरेल रहेका छन।

स्थानीय खेलकुदको समग्र विकास, प्रतिभा पहिचान तथा खेल संरचना विस्तारमा समितिको भूमिका महत्वपूर्ण मानिँदै आएको छ। नयाँ नेतृत्वले समितिलाई अझ सक्षम, सक्रिय र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।नवनियुक्त पदाधिकारीहरूलाई शुभकामना दिँदै, आगामी कार्यकाल सफल, प्रेरणादायी र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरिएको छ। समिति अन्तर्गत सञ्चालित हुने योजनाहरू, कार्यक्रम र पहलहरूले त्रियुगा नगरको खेलकुद क्षेत्रमा नयाँ उचाइ स्थापित गर्ने विश्वास समेत प्रकट गरिएको छ।

स्थानीय खेलकुद क्षेत्रलाई सुदृढ, व्यवस्थित र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित नयाँ नेतृत्वले कार्य प्रारम्भ गर्ने तयारी गरेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया